हरेक ठाउँ समावेशी हुनु आवश्यक : काँग्रेस सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै जातजाति र भाषाभाषीलाई साथमा लिएर कांग्रेस अगाडि बढ्ने बताउनुभएको छ ।

काठमाडौँमा आज आयोजित एक कार्यक्रममा सभापति देउवाले कांग्रेस सबै जनताको सहभागिता अनुसार नै समानुपातिक, आदिवासी, जनजाति, सहितको समावेशी पार्टी भएको बताउनुभयो ।
उहाँले आदिवासी जनजाति सहभागिता समर्थनमा मात्रै नभई पार्टीप्रति प्रतिबद्ध हुनु जरुरी रहेको बताउनुभयो ।
सभापति देउवाले सबैलाई कुनै न कुनै किसिमले राजनीतिसहित हरेक ठाउँ समावेशी हुनु आवश्यक रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्