तपाईँ सुन्दै हुनुहुन्छः

जिपि कोइरालाको १०० औ जन्म शताब्दी कार्यक्रम

दोलखा । जिपि कोइराला फाउण्डेशन दोलखाले शिखर पुरुष स्व. गिरिजाप्रसाद कोइरालाको १०० औ जन्म शताब्दीको अवसरमा दोलखाको गौरीशङ्कर बालगृहमा रहेका बालबालिका, आमाको माया छात्रावासमा रहेका बालबालिका र शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका मानिसलाई पानी तताउने जग, थर्मश तथा स्टेशनरी सामग्री  हस्तान्तरण गरेको छ ।

फाउण्डेशनले समाजसेवी शारदा उप्रेती घिमिरेले आफ्नो स्वर्गीय अभिभावक सोमकुमारी– काशीनाथ उप्रेतीको स्मृतिमा फाउण्डेशनलाई उपलब्ध गराएको एक लाख रुपैयाँ रकमबाट ती सामाग्रीहरू खरिद गरी हस्तान्तरण गरेको जनाएको छ । 

फाउण्डेशनले शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका ३५ जनालाई पानी तताउने जग र थर्मश एक÷एक थान, गौरीशङ्कर बालगृहका २२ जना बालबालिकाहरूलाई स्टेशनरी सामग्री, तीन थान पानी तताउने जग र थर्मश तथा दुई वटा भलिबल र आमाको माया छात्रावासका नौ जना बालबालिकाहरूलाई स्टेशनरी सामग्री, दुई वटा भलिबल तथा दुई थान पानी तताउने जग र थर्मश उपलब्ध गराएको कार्यक्रम संयोजक राजन बस्नेतले बताए । भलिबल भने पत्रकार महासङ्घ दोलखा शाखाका अध्यक्ष दिपशङ्कर चौलागाईले उपलब्ध गराएको बस्नेतले बताए ।

जिपि कोइराला फाउण्डेशन दोलखाका अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, समाजसेवी शारदा उप्रेती घिमिरे, दोलखा बैतेश्वर गाउँपालिकाका उपप्रमुख कल्पना उप्रेती, प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष दिपशङ्कर चौलागाई, नेपाली काँग्रेसको नेतृ गीता शिवाकोटी, युवा समाजसेवी राजेश उप्रेती र कार्यक्रम संयोजक राजन बस्नेतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button