संसद्को अवरोध हटाउन जुट्यो सहमति

काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सकिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको शीर्ष नेताको बैठकमा संघीय संसद्को अवरोध खुलाउने विषयमा सहमति भएको छ ।
शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसदमा देखिएको अवरोध खुलाउन आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्रीले सानातिना विषयलाई लिएर संसदमा अवरोध गर्नु राम्रो नभएको बताउनुभएको थियो । प्रतिनिधिसभाको बैठक आज ३ः०० बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक पेश गर्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम छ ।
शीर्ष नेताको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति थियो ।







प्रतिक्रिया राख्नुहोस्