बस्ती पसेको पाटे बाघलाई निकुञ्जद्वारा नियन्त्रण

चितवन । चितवनको मेघौलीमा बस्ती पसेको बाघलाई निकुञ्जले नियन्त्रणमा लिएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २७ बुद्धनगर गाउँमा गएराति पसेर बाघले भैँसीलाई आक्रमण गरेको थियो । उक्त बाघलाई चितवन निकुञ्जका हात्तीहरूले घेरेर निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिकहरूले नियन्त्रणमा लिइएका हो ।
सो बाघलाई प्राविधिकहरूले लठ्याएर नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । बाघलाई अहिले निकुञ्जको खोर राखिएको छ । बाघलाई कहिले बासस्थानमा छाडिने भन्ने विषयमा छलफल भइरहेको उहाँले बताउनु भयो ।

बेहोस बनाउने औषधि राखिएको सुइँलाई बन्दुकमा लोड गरेर प्रहार गरी वन्यजन्तुलाई नियन्त्रणमा लिइन्छ । घण्टौँसम्म बस्ती नजिकैको जङ्गलमा रुँगिराखेपछि स्थानीय बासिन्दा त्रसित भएका थिए ।
नियन्त्रणमा लिइएको बाघको अवस्था हेरेर कता राख्ने भन्ने निर्णय गर्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।








प्रतिक्रिया राख्नुहोस्