तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाली टोली श्रीलङ्का प्रस्थान 

भैरहवा । नेपालको पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रबद्र्धन गरी श्रीलंकन नागरिकहरूलाई नेपाल भ्रमणको निम्तो दिने उद्देश्यले सिद्धार्थ होटल संघ नेपाल (सान)को टोली नेपाल–श्रीलङ्का सेल्स मिसन २०२३ मा सहभागी हुन श्रीलङ्का प्रस्थान गरेको छ ।

मङ्गलवार मध्यान्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटन व्यवसायी र सरकारी उच्च अधिकारीसहितको टोली श्रीलङ्का प्रस्थान गरेको हो । यही असार १२ देखि १७ सम्म सङ्घको आयोजनामा श्रीलङ्कामा हुने उक्त कार्यक्रममा नेपाल टुरिजम बोर्ड प्रवर्द्धकका रुपमा छ ।

पर्यटन प्रवर्द्धनका लागि श्रीलङ्काको क्यान्डी र कोलम्बोमा कार्यक्रम हुँदैछ । उक्त कार्यक्रममा सहभागी हुन नेपाली टोली श्रीलङ्का प्रस्थान गरेको आयोजक सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । श्रीलङ्काका दुई सहरमा हुने कार्यक्रममा त्यहाँका ट्राभल एजेन्सीहरूसँग विजनेश टु विजनेश (विटुबी) हुनेछ । सुरुमा असार १३ गते क्यान्डीमा कार्यक्रम तथा बीटुबी हुनेछ । त्यसमा श्रीलङ्काका ५० बढी ट्राभल एजेन्सी, टुर अपरेटर र नेपाली पर्यटन व्यवसायीको सहभागिता रहनेछ ।

विटुबीमा दुवै देशका व्यवसायीले आआफ्नो मुलुकको पर्यटन क्षेत्रको गन्तव्यहरूको जानकारी गराउनेछन् । साथै नेपाली व्यवसायीले बुद्ध जन्मस्थल लुम्बिनीसहित मुलुकका पर्यटकीयस्थलको प्रचारप्रसार, टुर प्याकेज बनाउन आग्रह गर्नुका साथै टुर अपरेटर मार्फत् श्रीलङ्काका नागरिकहरूलाई नेपाल भ्रमणको निमन्त्रणा गर्नेछन् । त्यहाँ नेपाली प्रतिनिधि मण्डलले विशेष समारोहमा सम्बोधन गर्नेछन् भने भिडियोमार्फत नेपालको पर्यटकीयस्थलको प्रचार प्रसार गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button