जुम्लामा करेन्ट लागेर एकको मृत्यु,चार जना घाइते

जुम्ला । जुम्लामा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका-८ सुमलगाउँको खलापानी भन्ने ज्युलोमा धान रोप्नेक्रममा करेन्ट लागेर किशोरीको मृत्यु भएको हो।
मृत्यु हुनेमा सुमलगाउँ निवासी अन्दाजी १७ वर्षीय प्रर्मिला परियार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता तथा सूचना अधिकारी धर्मराज जोशीले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘लुड्कु जलविद्युत आयोजनाको विधुतको तार हावाहुरीले खेतमा परेपछि करेन्ट लागेको हो । घाइते सबैको अवस्था सामान्य छ ।’
घाइते सबैको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भइरहेको छ। घाइते हुनेहरूमा सोही गाउँकी शान्ति दमाई, राजु दमाई, मन दमाई, र विरु दमाई रहनु भएको छ ।
सोमबार बेलुका ८ बजेर ५५ मिनेटमा उक्त घटना भएको प्रहरीको भनाई छ । घाइते सबैको सोमबार प्रतिष्ठानमा ल्याएको थियो। घटनास्थल तर्फ प्रहरीको टोली गएको मुचुल्का तयारी भइरहेको छ। पोष्टमार्टमका लागि शव कर्णाली प्रतिष्ठान ल्याइँदै छ ।








प्रतिक्रिया राख्नुहोस्