सञ्चारमन्त्री शर्माद्वारा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकका लागि विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको राज्यले उच्च सम्मानस्वरूप हुलाक टिकटमा फोटो राखेको बताउनुभएको छ ।
हुलाक सेवा विभागको आयोजनामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित आवरणमा टाँचा प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले समाजका लागि पुर्याएको योगदानको उच्च कदर गर्दै हुलाक टिकटमा पाँच जना व्यक्तित्वहरूको फोटो राखेर सम्मान गरिएको बताउनुभयो ।
विभागले राजनीतिक तथा सामाजिक आन्दोलन क्षेत्रका अगुवा पद्मरत्न तुलाधर, साहित्यकार पूर्णप्रकाश नेपाल यात्री, हिमाल आरोहण क्षेत्रमा कीर्तिमान कायम गर्ने आङरिता शेर्पा, साहित्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने माधवप्रसाद देवकोटा र गीतसङ्गीतको क्षेत्रका योगदान पुर्याउने कोइली देवीको नाममा हुलाक टिकट प्रकाशन गरेको छ ।
समारोहमा मन्त्री शर्माले प्रकाशित हुलाक टिकटमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभयो । पाँच जनाको फोटो राखेर जनही दुई लाख गरी जम्मा १० लाख टिकट प्रकाशित गरिएको र हुलाक टिकट आजदेखि बिक्री खुला गरिएको विभागले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्