तपाईँ सुन्दै हुनुहुन्छः

कमजोरी सच्याउन सभामुखको निर्देशन

काठमाडौँ । सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा रहेका कमजोरी सच्याउन सरकारलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा उहाँले बजेट पुस्तिकामा कमजोरी रहेको पाइएको र केही प्रदेशको नाम उल्लेख हुनुपर्नेमा अङ्क रहेको पाइएकाले सच्याउन निर्देशन दिनुभएको हो । 

आजको बैठकमा छलफलका लागि तय भएको सहरी विकास मन्त्रालयअन्तर्गतको विभिन्न शीर्षकमा लुम्बिनी प्रदेश उल्लेख हुनुपर्नेमा प्रदेश नं ५ उल्लेख भएको भन्दै केही सांसदले विरोध जनाएका थिए । विरोधका कारण १५ मिनेटका लागि बैठक स्थगित भएको थियो । 

दलका प्रतिनिधिसँगको छलफलपछि सभामुखले कमजोरी सच्याउन सरकारलाई निर्देशन दिनुभएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button