ताप्लेजुङमा काबेली नदीको बाढीले मोटरेबल पुल र घरमा क्षति
ताप्लेजुङ। ताप्लेजुङको प्र्वीको क्षेत्र सिदिङवा र सिरिजंगा गाउँपालिकामा तिन दिन देखि परेको वर्षापछि काबेली खोलामा आएको बाढीले पुल,घरमा क्षति पुर्याएको छ ।
बुधबार देखि परेको वर्षाले मोटरेवल पुल, झोलुङगेपुल भत्काएको छ भने घर सहित पशु चौपाया समेत बगाएको सिदिङवा गाउँपालिका १ सुरुमखिमका वडा सदस्य राजकुमार इम्वुङले बताउनुभयो । इम्बुङका अनुसार सुरुमखिम – खेवाङ – याम्फुदिन जोड्ने तावा खोलाको मोटरेवल पुल भत्काएको छ ।
कावेली नदीमा आएको बाढीले जगत बहादुर राईको घर पुरेको छभने कञ्चनजङ्घा माध्यमिक विद्यालय, याम्फुदिन प्रहरी चौकी कञ्चनजङ्घा संरक्षण क्षेत्र, स्वास्थ्य चौकीको भवन जोखिममा छन् । विद्यालय र प्रहरी चौकीको नजिकै खोलाले कटान गरिरहेकोले बिहान स्थानीयले विद्यालयको सामान सारिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सदस्य सचिव मनकुमार राईले बताउनुभयो ।
तारामान गुरुङ, अशोक गुरुङ, मणी कुमार राई, तार्सदिप गुरुङ, रामकुमार राई, सोमबहादुर राईका घर जोखिममा रहेको स्थानीयले बताएका छन् । बिहीबार बेलुका यो क्षेत्रमा सामान्य वर्षा भएपनि राती १० बजेको समयमा खोलामा आएको बाढीले क्षति पुर्याएको राई बत्ताउनुभयो । कावेली हाइड्रो पावरको गोदाम बगाउँदा करोडौँ रुपैंया बराबरको क्षति भएको छ । खेवाङतर्फ आउने झोलुङ्गे पुलपनि आधा ढलेकाले मानिसको आवतजावतमा समेत समस्या हुन थालेको छ ।
सिदिङवा १ सुरुमखिमका विद्यालय आइतबार सम्मकालागि बन्द गरिएको वालकल्याण माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विदुर गुरुङले जानकारी दिनुभयो । आज शुक्रवार विहानपनि वर्षा भइरहेको छ । सदरमुकाम फुङलिङवाट यात्रु लिन गएका दर्जनौँ सवारी साधन गाउँमै रोकिएको छ ।








प्रतिक्रिया राख्नुहोस्