तपाईँ सुन्दै हुनुहुन्छः

 हेटौँडामा वृद्ध दम्पती मृत फेला 

बागमती । मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । 

हेटौँडा उपमहानगरपालिका–१  चाइना गेटका ७८ वर्षीय  कृष्णप्रसाद दाहाल र उहाँकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुन्डिएको अवस्थामा फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुवैजना गए राति तीन तले पक्की घरको पूजा कोठामा पासो लगाइ झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

मृतक दम्पती कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button