तपाईँ सुन्दै हुनुहुन्छः

सुख्खा पहिरो झरेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध 

चितवन । नारायणगढ मुग्लिन सडक खण्डमा सुख्खा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध बनेको छ । 

ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित तीन नम्बर पुलको माथिबाट सुख्खा पहिरो झर्दा बाटो अवरुद्ध भएको हो । 

जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख राजकुमार तामाङ्गले सुख्खा पहिरोसँगै ठूलो ढुङ्गा खस्न लागेकोले बाटो दुईतर्फी नै बन्द गरिएको जानकारी दिनुभयो । “सुख्खा पहिरो पनि खसेको छ, माथि ठूलो ढुङ्गा अड्केकोले ढुङ्गा खसेपछि बाटो खुल्छ  ।”, उहाँले भन्नुभयो । 

हाल प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली खटी गई सडक विभागसँग समन्वय गरेर लोडरले  पहिरो पन्छाउने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button