तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको सङ्क्रमणबाट भेरी अस्पतालमा एक जनाको मृत्यु 

नेपालगन्ज ।  कोरोना भाइरसको सङ्क्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा एक जनाको मृत्यु भएको छ । 

बाँकेको राप्तिसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पतालमा लगिएको थियो । उनलाई वैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो । उनलाई दमको पनि समस्या थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button