उपराष्ट्रपति उम्मेदवार तय गर्न एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक डाँकेको छ । आज बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मूख्यलयमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन बिषयमा छलफल गरिनेछ । आज नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्