नेकपा एमालेले सरकार छाड्ने, समर्थन पनि फिर्ता

काठमाडौँ I नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकार छाड्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बैठकपछि सचिवालयको निर्णय सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका नेता विष्णु पौडेलले राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले पूर्व सहमति कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिनुभयो ।
नेता पौडेलले राष्ट्रपति निर्वाचन तयारीमा पार्टी जुटेको र विजयी हुने दाबी गर्नुभयो । प्रदेशबारे भने एमालेले अहिले कुनै पनि निर्णय नगरेको नेता पौडेलले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्