तपाईँ सुन्दै हुनुहुन्छः

आयोजक केपी ओली एफसी सेमिफाइनलमा प्रवेश

काठमाडौँ । आयोजक केपी ओली एफसी केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एन्फा मैदान सातदोवाटोमा शनिबार भएको खेलमा केपी ओली एफसीले जावलाखेल यूथ क्लबलाई टाई ब्रेकरमा ५–४ गोलले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

निर्धारित समयमा सुरुवाती अग्रता जावलाखेलले लिएको थियो । ४२ औँ मिनेटमा राहुलले गोल गर्दे जावलाखेलको उत्साह जगाउनुभएको थियो ।

केपी एफसीका पूर्ण चेम्जोङ म्यान अफ दि म्याच हुनुभयो । उहाँले १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । फाइनल प्रवेशका लागि केपी ओली एफसीले मच्छिन्द्र फुटबल क्लबसँग खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button