तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारी बागलुङमा (फोटो फिचर)

पूजाआजा गर्नुहुँदै राष्ट्रपति भण्डारी : प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा पूजाआजा गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर डम्मर बुढा मगर/रासस

बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ आइपुग्नुभएको छ । बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी यहाँ आउनुभएको हो । नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार आउनुभएका राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गर्नुभयो ।

बागलुङ कालिका मन्दिरमा राष्ट्रपति भण्डारीले दर्शन तथा पूजा गर्नुहुने कालिका गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ ।

पूजाआजा गर्नुहुँदै राष्ट्रपति भण्डारी प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा पूजाआजा गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर डम्मर बुढा मगर
राष्ट्रपति भण्डारीलाई स्वागत गर्दै ढोरपाटन, १० फागुन : प्रसिद्ध बागलुङ कालिका मन्दिरको दर्शन गर्न आउनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापा ।
राष्ट्रपति भण्डारीलाई स्वागत सर्वसाधारण ढोरपाटन, १० फागुन ः प्रसिद्ध बागलुङ कालिका मन्दिरको दर्शन गर्न आउनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई मन्दिर परिसरमा स्वागत गर्दै सर्वसाधारण । तस्बिर डम्मर बुढा मगर

प्रतिक्रिया राख्नुहोस्

Back to top button