तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशका कृषिमन्त्री अहिरले लिनुभयो शपथ

रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा सहभागी जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरले आज शपथ लिनुभएको छ । 

आइतबार कृषि तथा भूमि सुधार मन्त्री नियुक्ति हुनुभएपछि उहाँले मुख्यमन्त्री लिला गिरीको उपस्थितिमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सोमबार बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा शपथ लिनुभएको हो ।

जसपालाई मनाउन सरकारको नेतृत्व गरेको नेकपा एमालेले एक साताअघि मन्त्री बनेका कृषिमन्त्री तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा लगेर जसपाका अहिरलाई मन्त्री बनाइएको हो ।

मुख्यमन्त्री लीला गिरीले जसपालाई सरकारमा सहभागी गराउने गरी मन्त्री हेरफेर गर्ने निर्णयसँगै प्रदेश प्रमुख शेरचनले अहिरलाई नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button