कपिलवस्तुमा १५ सय अवैध कुखुराको चल्ला नष्ट

कपिलवस्तु।कपिलवस्तुमा भारतबाट नेपाल भित्राउँदै गरेका १५ सय कुखुराका चल्ला नष्ट गरिएको छ ।
ईलाका प्रहरी कार्यालय कृष्णनगरले सोमवार अवैध रूपमा नेपाल भित्रिँदै गरेको कुखुराको चल्ला पक्राऊ गरि नष्ट गरेको हो । कृष्णनगर वडा न.१२ बेदर्मीकाे बाटो हुँदै नेपाल छिर्दै गरेको सुराकीको आधारमा सोमबार बिहान साढे ७ बजे आज पक्राऊ गरि सुरहि खोलामा नष्ट गरिएको हाे ।
अवैध चल्लाको मूल्य १ लाख ३५ हजार रहेको वप्रका कृष्णनगरले जानकारी गराएको छ ।











प्रतिक्रिया राख्नुहोस्