तपाईँ सुन्दै हुनुहुन्छः

सांसद अरुणकुमार चौधरी कैदमुक्त

धनगढी । कैलाली जिल्ला कारागारमा रहनुभएका निलम्बित सांसद अरुणकुमार चौधरी कैदमुक्त हुनुभएको छ । 

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै चौधरीलाई कैदमुक्त गरिएको कारागार प्रमुख लालबहादुर बोगटीले बताउनुभयो । यस्तै कारागारबाट ८५ प्रतिशत कैद भुक्तानी गरेका र असल चालचलन रहेका अन्य ४  जनाको समेत कैद मिनाहा भएको उहाँले बताउनुभयो । 

कारागारबाट छुटेका सांसद चौधरीलाई नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले स्वागत गर्नुभएको थियो । 

ट्याक्टर आगजनी मुद्दामा ६ महिना कैद सजाएको फैसला भएका चौधरीलाई प्रहरीले बाँकेबाट पक्राउ गरेको थियो । जिल्ला अदालतको आदेशमा प्रहरीले चौधरीलाई माघ २० गते जिल्ला कारागार चलान गरेको थियो । चौधरी नागरिक उन्मुक्तिका सचेतक समेत हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button