तपाईँ सुन्दै हुनुहुन्छः

निलम्बित सांसद चौधरीलाई अदालतमा उपस्थित गराइयो

धनगढी  । कैलाली क्षेत्र–२ का निलम्बित सांसद अरुण कुमार चौधरीलाई आज जिल्ला अदालतमा उपस्थित गराइएको छ । 

जिल्ला कारागारमा रहेका चौधरीलाई बयानका लागि अदालतमा उपस्थिति गराइएको प्रहरीले जनाएको छ । जिल्ला अदालत कैलालीका अनुसार चौधरीले भर्चुअल विधिबाट उच्च अदालत दिपायलमा बयान दिने तयारी गरिएको छ । 

बाँकेबाट माघ १९ गते पक्राउ पर्नुभएका चौधरीलाई अदालतको आदेशमा प्रहरीले माघ २० गते जिल्ला कारागार धनगढीमा चलान गरेको थियो । त्यसपछि निलम्बित सांसद चौधरीले आफ्नो मुद्दाको म्याद बदर गरि थुनामुक्त गरिपाऊ भनी उच्च अदालत दिपायलमा रिट दायर गर्नुभएको थियो ।  माघ २९ गतेको पेशीमा उच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा चौधरीलाई बयानका लागि झिकाउन आदेश दिएको थियो ।

ट्याक्टर आगजनी मुद्दामा जिल्ला अदालत कैलालीले २०७० साल वैशाख ९ गते चौधरी सहित तीन जनालाई ६ महिना कैद सजाए र ८ लाख १९ हजार ४२३ रुपैयाँ बिगो जरिवाना भराउन फैसला गरेको थियो । 

चौधरी नागरिक उन्मुक्ति पार्टीका सचेतक  हुनुहुन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button