ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
दोलखा । दोलखाको विगु गाउँपालिका –४ लादुक, चित्रेमा भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्थानीय २४ वर्षीय किसन सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले बताउनुभयो । दुर्घटनामा सख्त घाइते सार्कीलाई सिंगटीमा प्राथामिक उपचार गरी थप उपचारको लागि काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी स्थानीय २५ वर्षीय जीवन नेपाली, २३ वर्षीय रामबहादुर नेपाली र १८ वर्षीय सुरज खत्री घाइते भएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो १ बजेतिर ढुङ्गा पुर्याएर फर्कँदै गर्दा सिंगटीबाट लादुक जाने कच्ची सडक खण्डको चित्रे रमिते गोलाईमा दुर्घटना भएको थियो । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिग्देलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्