तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्यालको मनोनयन दर्ता 

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभा सदस्य उर्मिला अर्यालले मनोनयन दर्ता गराउनुभएको छ ।

उहाँको मनोनयनको प्रस्ताव राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले गर्नुभएको भने राष्ट्रियसभा सदस्यहरु देवेन्द्र दाहाल र खिमलाल देवकोटाले समर्थन गर्नुभएको छ । 

नेकपा माओवादी केन्द्रका बिहीबार बसेको स्थायी कमिटी बैठकले अर्याललाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

यसअघि, आज बिहान बसेको नेपाली काँग्रेसको शीर्ष नेताहरूको बैठकले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको थियो । 

राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारको मनोनयन दर्ताका लागि आज दिउँसो १ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button