तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशको नामाकरण छिटो टुङ्गिन्छ : मुख्यमन्त्री कार्की

झापा । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाँडै प्रदेशको नामाकरण टुङ्गिने बताउनुभएको छ । उहाँले सर्व सहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर भए पनि टुङ्ग्याइने बताउनुभयो ।

आज झापाको दमकमा सोनाम ल्होसार कार्यक्रममा मुख्यमन्त्री कार्कीले सबै प्रदेशको नामकरण सम्पन्न भए पनि प्रदेश १ को नामकरण नटुङ्गिएको उल्लेख गर्दै सबै दलसँग छलफल गरी नामकरण गरिने बताउनुभयो ।

उहाँले प्रदेश संरचनाका विषयमा हुने टिप्पणीप्रति सजग रहेको उल्लेख गर्दै भन्नुभयो, “हामीले प्रदेशको औचित्य पुष्टि गर्ने छौँ, जनतालाई प्रत्याभूत हुने किसिमबाट काम अघि बढाउने छौँ ।” उहाँका अनुसार प्रदेश सरकारले खर्च घटाउन मन्त्रालयको सङ्ख्या १३ बाट घटाएर नौ पुर्‍याइएको हो । मुख्यमन्त्री कार्कीले थप अधिकार प्रत्यायोजन भएर नआएसम्म मन्त्रालयको सङ्ख्या नबढ्ने उल्लेख गर्नुभयो । उहाँले प्रदेशमा भएका सबै जातिको मौलिकता संरक्षणका लागि प्रदेश स्तरीय सङ्ग्रहालय निर्माण गर्ने सोचमा रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button