राष्ट्रपतिसमक्ष सभामुख घिमिरेद्वारा शपथग्रहण

काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सरकारका मन्त्रीसहित संवैधानिक अङ्गका पदाधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।









प्रतिक्रिया राख्नुहोस्