तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा उपसभामुखको निर्वाचन आज

सुर्खेत । कर्णाली प्रदेशसभामा उपसभामुख चयनका लागि आज (बुधबार) निर्वाचन हुने भएको छ ।

प्रदेशसभा नियमावली २०७९ को नियम ९ बमोजिम उपसभामुख पदको निर्वाचन बुधबार दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

जसका लागि प्रदेश सचिवालयले बिहान ९ देखि १० बजेसम्म उम्मेदवारको प्रस्ताव दर्ता, १० बजेदेखि सवा १० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, सवा १० देखि पौने १० सम्म प्रस्ताव उपर दाबी विरोध, पौने १० देखि ११ बजेसम्म प्रस्ताव फिर्ता, ११ देखि सवा ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र दिउँसो १ बजे सभाको बैठक प्रारम्भ, मत विभाजन तथा निर्वाचन परिणाम घोषणाको कार्यतालिका तोकेको छ ।

यता नेपाली काँग्रेसले उपसभामुखको टुङ्गो लगाउँदा माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएको छैन । काँग्रेसले दैलेखकी समानुपातिक सांसद इन्द्राकुमारी शाहीलाई उम्मेदवार बनाएको छ । नेकपा माओवादी र नेकपा एमाले बिचको गठबन्धनमा भागबन्डा हुँदा उपसभामुख माओवादी केन्द्रको भागमा परेको छ । माओवादी केन्द्रबाट कालिकोटकी यशोदा न्यौपाने र हुम्लाका रनसिंह परियारको नाम चर्चामा छ । न्यौपाने समानुपातिकतर्फबाट आएकी आउनु भएको हो, भने परियार हुम्ला प्रदेशसभा (१) बाट प्रत्यक्षतर्फबाट निर्वाचित सांसद हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button