तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान ९ बजे बस्दैछ।

बैठकले सभामुखमा उम्मेदवारी दिने कि नदिने, अन्य दलको उम्मेदवारलाई समर्थन गर्ने कि नगर्ने, उम्मेदवार दिए कसलाई बनाउने भन्ने टुंगो लगाउने प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो।

कांग्रेस र एकीकृत समाजवादीबीच सहमति गरेर सभामुखको एउटै उम्मेदवार बनाउने गरी संवाद अघि बढेको छ।

कांग्रेसले पहिला आन्तरिक छलफल गर्ने र त्यसपछि अन्य विपक्षी दलहरूसँग पनि परामर्श गर्ने छ। संसद् सचिवालयले बुधबार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ।

सभामुख चयनसम्बन्धी प्रस्तावमा बिहीबारको प्रतिनिधिसभा बैठकमा मत विभाजन हुनेछ।


प्रतिक्रिया राख्नुहोस्

Back to top button