पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रु ३० खर्ब सात अर्ब ७५ करोड बराबरको तरलता प्रवाह गरेको छ ।
केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार पाँच महिनामा राष्ट्र बैङ्कबाट रिपोमार्फत् रू दुई खर्ब ४१ अर्ब २० करोड, सोझै खरिद बोलकबोलमार्फत रू ८३ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत रू २६ खर्ब ८२ अर्ब ७० करोड गरी कूल रू ३० खर्ब सात अर्ब ७५ करोड तरलता वित्तीय बजारमा प्रवाह भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणमार्फत रू २६ खर्ब ६१ अर्ब छ करोड तरलता प्रवाह भएको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्