तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेटर सन्दीप लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले बलात्कार अभियोगमा पुर्पक्षका लागि कारागारमा रहनुभएका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ । लामिछानेलाई २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश भएको उच्च अदालत पाटनका सूचना अधिकारी दिनेश पौडेलले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

‘धरौटीमा थुनामुक्त गर्न आदेश भएको छ’, उहाँले भन्नुभयो, ‘धराैटीसँगै अन्य विभिन्न सर्तहरू पनि राखिएका छन् । ‘

बलात्कार अभियोगमा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । त्यसविरुद्ध लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्नुभएकाे थियो । उच्च अदालतले जिल्लाको आदेश बदर गर्दै धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button