तपाईँ सुन्दै हुनुहुन्छः

वर्तमान सरकार आर्थिक समृद्धिको स्पष्ट योजनाका साथ अघि बढेकोले विश्वासको मत दिन शर्माको आग्रह

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता रेखा शर्माले वर्तमान सरकार मुलुकको आर्थिक समृद्धिको स्पष्ट योजनाका साथ अघि बढेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आग्रह गर्नुभयो ।

उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास र आर्थिक समृद्धिको सुस्पष्ट योजना सरकारले अघि सारेको भन्दै त्यो आजको आवश्यकता भएको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले लोकतन्त्रलाई सुदृढ बनाउँदै सुशासन प्रवद्र्धन गर्ने तर्फ सरकार उन्मुख हुनुपर्नेमा जोड दिँदै जनताको अपेक्षा पुरा गर्ने विश्वासका साथ आफ्नो पार्टीले  प्रधानमन्त्रीलाई  विश्वासको मत दिने बताउनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डले जनतालाई दिने सेवा प्रवाह र राष्ट्रियताको सन्दर्भमा भएको प्रतिबद्धताको सराहना गर्दै त्यसमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button