प्रधानमन्त्रीद्वारा प्रतिनिधि सभामा विश्वासको मत माग (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मत माग्नु भएको छ ।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफु निषेध, अपमान र प्रतिशोध नभई सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउन प्रतिबद्ध रहेको बताउनु भयो ।
प्रधानमन्त्री प्रचण्डले देश अहिले पनि सङ्कटमा नै रहेको भन्दै आर्थिक सूचकाङ्कहरू सकारात्मक नरहेको र निरपेक्ष गरिबीमा रहेको पचास लाख नेपालीलाई त्यहाँबाट निकाल्न वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिल्नै पर्ने अवस्था रहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले लाखौँ युवालाई विदेशबाट फर्काएर स्वदेशमै आत्मसम्मानको जीवन दिन पनि सबैबीच सहकार्य आवश्यक रहेको औँल्याउनु भयो ।
अब पहुँच होइन, विधिको शासन सुरु गर्नु पर्छ भन्दै प्रधानमन्त्री प्रचण्डले देशको विकासका लागि लगभग साठी खर्ब विकास खर्च जुटाउनु आवश्यक रहेको र त्यसका लागि पनि सबै पक्षकाबीच विश्वासपूर्ण सहकार्य जरुरी रहेको बताउनु भयो ।
राष्ट्रियता, राष्ट्रिय सुरक्षा, परराष्ट्र सम्बन्ध, प्रमुख आर्थिक विषय एवं रणनीतिक पूर्वाधारलगायतका राष्ट्रका आधारभूत विषयहरूमा राष्ट्रिय सहमतिको विकल्प नभएको पनि बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले यस पटक आफु फरक सङ्कल्पका साथ संसद्सामु उभिएको भन्दै विश्वासको मत पाएँ भने प्रधानमन्त्रीको यो कार्यकाल इमान्दार स्वीकारोक्तिका साथ सुरु गर्न चाहेको पनि स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्रीले संसदमा गर्नुभएको सम्बोधनको पूर्णपाठ








प्रतिक्रिया राख्नुहोस्