तपाईँ सुन्दै हुनुहुन्छः

जनता समाजवादी पार्टी, नेपाल (जसपा)को बैठक सुरु

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को राजनीतिक समितिको दोस्रो दिनको बैठक ललितपुरको ज्यापु समाज भवनमा सुरु भएको छ ।

हिजोदेखि चलेको बैठकमा नेताहरूले गत मंसिर ४ गते सम्पन्न निर्वाचन र  विकसित राजनीतिक घटनाक्रमका सम्बन्धमा धारणा राख्ने क्रम जारी रहेको पार्टीका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिनुभयो ।

समाजवादी पार्टीका प्रवक्ता सुमनले आजको बैठकमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम र सरकारमा सहभागी हुने नहुने विषयमा समेत छलफल हुने बताउनुभयो ।

यस्तै बैठकले पार्टी विधान अधिवेशनका लागि विधान मस्यौदा समिति पनि गठन गर्ने जनता समाजवादी पार्टी नेपालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button