तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा साढे तीन महिनापछि पुनः कोभिड देखियो

नेपालगन्ज । बाँकेमा साढे तीन महिनापछि कोभिड देखिएको छ । 

नेपालगन्जस्थित जमुनाहा नाकामा आज जाँच गर्दा जाजरकोटकी ३० वर्षीया महिलामा कोभिड पुष्टि भएको हो । 

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले गत असोज १ गतेपछि आज पहिलो पटक कोभिड पुष्टि भएको बताउनुभयो । 

असोज यता बाँकेमा कोभिडको केश भेटिएको थिएन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button