तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाइने

काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापाी रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव एकनारायण अर्यालले पुस १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी रूपमा अन्तरराष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइने जानकारी दिनुभयो ।

सचिव अर्यालले ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञानः उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नाराका साथ मनाइन लागेको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस उत्साहपूर्वक ढंगले मनाउन सबै सरोकारवारवालाहरूलाई आग्रह पनि गर्नुभयो ।

आर्थिक वर्ष २०६५/०६६ देखि २०७८/७९ सम्म मात्रै झन्डै आठ हजार चारसय ६६ अर्व वैदेशिक रोजगारीबाट विप्रेषण नेपाल भित्रिएकोले वैदेशिक रोजगारीको महत्व बढेर गएको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०६५/०६६ देखि २०७८/७९ सम्म वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई दुई लाख ८६ हजार दुईसय ४२ महिलासहित कुल ५० लाख आठसय ३३ जना वैदेशिक रोजगारमा गएको तथ्यांक छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button