तपाईँ सुन्दै हुनुहुन्छः

क्षेत्र नं १ प्रदेशसभा (२) मा नेमकिपाका गोसाइँ विजयी

भक्तपुर I भक्तपुर क्षेत्र नं १ (२) बाट  प्रदेशसभा सदस्यमा नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाइँ विजयी हुनुभएको छ । खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको बैठक कक्षमा आज सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार उहाँले २९ हजार सात सय चार मत ल्याएर विजयी हुनुभएकामा निकटतम प्रतिद्वन्द्वी गठबन्धनकारतर्फबाट  नेपाली कांग्रेसका पवन भुजुले तीन हजार एक सय ६१ मत प्राप्त गर्नुभयो । 

मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाका अनुसार एमालेका नारायण सुन्दर सिन्तकलाले दुई हजार चार सय २८, राप्रपाका रोशन नापितले एक हजार नौ सय पाँच मत प्राप्त गर्नुभयो । समानुपातिकतर्फको मतगणना भने जारी छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button