सिन्धुपाल्चोक १ मा माओवादीबाट युवा उम्मेदवार सुबोध विजयी
सिन्धुपाल्चोक ।सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोध विजयी भएका छन्।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुबोध एमालेका सरेश नेपाललाई ३३५४ मतले पछि पार्दै विजयी भएका हुन। उनले ३०३७४ मत प्राप्त गरे । जनयुद्धकालीन राजनीतिबाट हुर्केका ४० वर्षीय उनी पहिलो पटक उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले युवा पुस्तालाई मौका प्रदान गरेपछि पार्टीले उनलाई उम्मेदवार बनाएको थियो ।







प्रतिक्रिया राख्नुहोस्