तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङमा ४७ घण्टापछि मतगणना सुरु 

ताप्लेजुङ । ताप्लेजुङमा मतगणना सुरु भएको छ । मङ्गलवार दिउँसो ४  बजेर २० मिनेट देखि मतदान ४८ घण्टा पछि सुरु गरिएको हो । 

प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि २ वटा निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा प्रतिनिधि सभाको दुई वटा गणनास्थल तय गरी गणना सुरु भएको छ । 

प्रतिनिधि सभातर्फको हिमाली मतदान केन्द्र फक्ताङलुङ गाउँपालिकाको याङमा र ओलाङचुङगोला मतदान केन्द्रको मत गन्न थालिएको मुख्य निर्वाचन अधिकृत निर्माला योङयाले जानकारी दिनुभयो । याङममा १२ मत भने ओलाङचुङगोलामा ४८ मत गणना हुन थालेको हो । 

जिल्लामा ८८ लाख २ सय ८५ मतदाता  रहेकोमा ४८ हजार ३ सय ७२ जनाले मात्रै मतदान गरेका छन् । मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालतमा ताप्लेजुङमा भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button