बाँकेमा विहान ८ बजेदेखि मतगणना शुरु गर्ने तयारी
नेपालगञ्ज। बाँकेमा आज विहानदेखि मतगणना शुरु हुँदैछ । जिल्लाका तीन ठाउँमा मतगणना हुन लागेको छ । अहिले केहीबेरमा सर्वदलीय वैठक बसेर विहान ८ बजेदेखि मतगणना शुरु गर्ने तयारी गरिएको छ ।
बाँकेमा ३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्र नम्बर १ को राप्तीसोनारी गाउँपालिकाको कार्यालय अगैया, क्षेत्र नम्बर २ को नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालय र क्षेत्र नम्बर ३ को खजुरास्थित कपास विकास समितिमा मतगणना हुनेछ ।
बाँकेमा ३ लाख ३२ हजार २ सय ३१ मतदाता रहेकोमा ६५ प्रतिशत मत खसेको छ ।








प्रतिक्रिया राख्नुहोस्