सिन्धुपाल्चोकमा ५६.२१ प्रतिशत मत खस्यो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा ५६.२१ प्रतिशत मत खसेको छ । आइतबार बिहान सात बजेदेखि सुरु भएको मतदानमा एक लाख ४६ हजार तीन सय ४ मत खसेको छ ।
पुरुष ८० हजार ८ सय ६२ जना ६५ हजार ४ सय ४२ जना महिलाले मतदान गरेका छन् । दुई प्रतिनिधि र चार प्रदेश सभा निर्वाचन क्षेत्र भएको सिन्धुपाल्चोकमा दुई लाख ६० हजार २ सय ७३ जना मतदाता छन् ।
यो प्रारम्भिक खसेको मत रहेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिनुभयो ।
मुख्य निर्वाचन कार्यालयका अनुसार सबै मतदान स्थलमा शान्तिपूर्वक मतदान सम्पन्न भएको छ ।
निर्वाचन क्षेत्र नं २ मा छिटपुट केही विवाद र झडप देखिए पनि तत्काल समाधान गरेर मतदान सम्पन्न गराउन सफल भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो ।
क्षेत्र नं १ को चौतारा नगरपालिकाको हलमा र क्षेत्र नं २ को समन्वय समितिको हल चौतारामा मतगणनाका लागि स्थल तयार पारिएको उहाँको भनाइ छ ।







प्रतिक्रिया राख्नुहोस्