सिन्धुलीमा लौरो टेकेरै ज्येष्ठ नागरिकले गरे मतदान (फोटोफिचर)

सिन्धुली । सिन्धुलीमा ज्येष्ठ नागरिकले उत्साह पूर्वक मतदान गरेका छन् ।
लौरो टेकेरै मतदान स्थलमा आई पुगेको ज्येष्ठ नागरिकलाई पहिलो प्रथामिकतामा राखेर मतदान गर्ने व्यवस्था भएकोले पनि ज्येष्ठ नागरिक थप उत्साहित देखिएका थिए ।

कमलामाई नगरपालिका ४ का ८५ वर्षका अम्बर बहादुर श्रेष्ठ लौरो टेकेरै मतदान स्थलमा आइपुग्नुभयो । उहाँले कसैको सहारा बिना आफै मतदान स्थलमा भोट हाल्न आइपुगेको बताउनुभयो । भोट हाल्न पाउँदा आफू निकै उत्साहित भएको उहाँको भनाई छ ।

त्यस्तै कमलामाई नगरपालिका ६ का अर्का ज्येष्ठ नागरिक उमेरले ७४ वर्ष पुग्नु भयो उहाँ पनि लौरो टेकेरै मतदान स्थलमा भोट हाल्न आई आइपुग्नुभएको थियो ।

राम्रो र सक्षम मानिस जिताउनको लागि आफ्नो मतदान अनिवार्य भएको उहाँको भनाई छ । निर्वाचनको दिन सवारी साधन आवतजावतमा रोक लगाए पछि मतदान गर्न १ घण्टा हिँडेरै आउनुभयो ।

कमलामाई नगरपालिका ६ कै ज्येष्ठ नागरिक मधुमाया तामाङ र ठुलो माया श्रेष्ठले पनि आफन्तको सहयोग लिएर मतदान स्थलमा आइपुग्नुभयो । ज्येष्ठ नागरिकहरू कसैको सहयोग लिएर मतदान गर्दा आफूले रोजेको मान्छेलाई भोट नहालिइदिने हुनकी भनेर आफै मतदान गर्ने बताउँछन् ।








प्रतिक्रिया राख्नुहोस्