तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरमा विवाद पछि पुनः मतदान सुरु

जनकपुरधाम । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतदान गर्न वृद्ध तथा असक्त मतदातालाई सहयोगीका रूपमा घरपरिवारका सदस्य साथमा गएर मतदान गर्ने सहमति विपरीत मत खसालेपछि विवाद उत्पन्न भएको छ ।

धनुषा जिल्लाको क्षेत्र नम्बर ४ मा पर्ने बटेश्वर गाउँपालिका वडा नं. १ स्थित लक्ष्मी मावि मतदान स्थलमा वृद्ध तथा असक्तलाई राजनीतिक दलबीच भएको सहमति विपरीत मत खसालेपछि पाँच दलीय गठबन्धनका नेकपा एकीकृत समाजवादी र नेकपा (एमाले)का कार्यकर्ताबीच विवाद भएको थियो ।

परिवार बाहेकका एउटै व्यक्तिले दुई-तीन जनाको सहयोगी भई मतदान गर्न थालेपछि विवाद भएको राप्रपाका नेता भोला श्रेष्ठले बताउनुभयो ।

उक्त केन्द्रमा हाल व्यापक मात्रामा नेपाल प्रहरी, म्यादी प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको लक्ष्मी माविका सुरक्षा इन्चार्ज प्रकाश राईले बताउनुभयो । अहिले भने शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button