निर्वाचनविरुद्ध कोणसभा गरिरहेका मशालका १४ जना कार्यकर्ता पक्राउ
बागलुङ । बागलुङमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपा मशालका १४ जना नेता–कार्यकर्ता पक्राउ परेका छन् । कुश्मीसेरामा आयोजित निर्वाचन बहिस्कार कार्यक्रम अन्तर्गत भएको कोणसभाबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा नेकपा (मशाल)का पोलिटब्युरो सदस्य कृष्णराज पौडेल, अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देवबहादुर लामिछाने, नेकपा (मशाल) बागलुङका सचिव नारायण सापकोटा, प्रवक्ता रेशम गिरि, रक्तिम सांस्कृतिक अभियानका उपाध्यक्ष दलबहादुर विक, अखिल भारत नेपाली एकता समाजका युवा नेता सूर्य थापा, नेकपा (मशाल) कास्कीका प्रवक्ता विक्रम थापा, युवा नेताहरु सागर कुँवर, आकाश गौतम, विनोद विष्ट, रमाकान्त शर्मा र नेकपा ( मशाल ) काठमाडौंका नेता यमप्रसाद शर्मा लगायत रहेका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गंगा बहादुर थापाले जानकारी दिनुभयो ।
उनीहरूलाई प्रहरी चौकी कुश्मिशेरामा राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्