खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७५ माथि दफावार छलफल शुरु
काठमाडौँ । प्रतिनिभिसभा शिक्षा तथा स्वास्थ्य समितिमा खेलकुद विकास सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७५ माथि दफावार छलफल सुरु भएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले पठाएको राष्ट्रिय खेलकुद विकास विधेयक २०७५,माथिको प्रतिवेदनमा संशोधनसहितको छलफल सुरु गरेको हो ।
बैठकमा यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले अन्तराष्ट्रिय खेलकुदमा भागलिने सबै अन्तराष्ट्रिय स्तरको खेलाडी नहुने भन्नुहुंदै पदक प्राप्त खेलाडीलाई मात्र अन्तराष्ट्रिय स्तरको खेलाडी भन्नु पर्ने बताउनुभयो ।
बैठकमा सांसदहरु जिवनराम श्रेष्ठ र सरिता गिरीले विधेयकको दफा ३ को खण्ड ख मा रहेको अन्तराष्ट्रिय खेलाडी भन्नाले अन्तराष्ट्रिय खेलकुदमा पदक जित्ने मात्र नभई सहभागी खेलाडीलाई समेत मान्नु पर्ने धारणा राख्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्