बाम-लोकतान्त्रिक गठबन्धनबीच एकताबद्ध सम्बन्ध छ : अर्जुननरसिंह केसी

नुवाकोट। आगामी आम निर्वाचनको लागी नुवाकोट निर्वाचन क्षेत्र नं .२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अजुर्ननरसिंह केसीले गठबन्धनबीचमा कुनै समस्या नभएको बताउनुभएको छ ।
चुनावी प्रचारको क्रममा बुधबार विदुर नगरपालिकाको विभिन्न स्थानमा आयोजित मतदाता भेटघाट, चुनावीसभा तथा कोणसभालाई सम्बोधन गर्ने क्रममा उहाँले गठबन्धनबीच सौहार्दपूर्ण र विश्वसनीय एकता भएको विश्वास दिलाउनुभएको हो ।
मत माग्न जाने क्रममा प्रतिस्पर्धी उम्मेदवार र अन्य पाटीमा आबद्ध भएकाहरूले नेपाली काँग्रेस, माओवादी केन्द्र सहितको विभिन्न सत्तारुढ पाँच दलबीच विश्वासको वातावरण नभएकाले गठबन्धनका साझा उम्मेदवारको पक्षमा एकढिक्का भएर मत आउन्न भनेर भ्रम फैलाएको पाइएको भन्दै त्यसलाई गलत भन्दै गठबन्धन बीच एकताबद्ध सम्बन्ध रहेको गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट उम्मेदवार हुनुभएका अजुर्ननरसिंह केसीले बताउनुभएको हो ।
विपक्षीले निर्वाचनमा पराजय हुने देखेपछि भ्रम फैलाउन गठबन्धनका साँझा उम्मेदवारलाई गठबन्धनमा रहेका अर्को पाटीले मत दिँदैन भनेर कुनै आशङ्का नगर्न र नुवाकोट सहित देशैभर एकताबद्ध सम्बन्ध रहेको निर्वाचन क्षेत्र नं .२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अजुर्ननरसिंह केसीले स्पष्ट पार्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्