चुनावपछि पनि गठबन्धनकै सरकार: प्रधानमन्त्री देउवा
डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पनि गठबन्धनको सरकार बन्ने बताउनुभएको छ ।
शनिबार डडेलधुराको अजयमेरु गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले षड्यन्त्रपूर्ण तरिकाले पटक पटक संसद् विघटन गरिएपछि गठबन्धनको सरकार बनेको र गठबन्धन चुनावपछि पनि निरन्तर रहने बताउनुभयो ।

काँग्रेस सभापति समेत रहनुभएका देउवाले माओवादी र काँग्रेस मिले देशको मुहार फेरिने बताउनुभयो । उहाँले आफु पाँच पटक प्रधानमन्त्री भइसकेको र डडेल्धुराको विकासमा लागिरहेको बताउँदै केही काम गर्न भने बाँकी रहेको सुनाउनुभयो ।
चुनावी सभालाई प्रदेश ख का उम्मेदवार गोविन्द बोहरा र प्रदेश क का उम्मेदवार खगराज भट्टले पनि सम्बोधन गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्