तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अध्यक्ष ओली बैतडी आउँदै, आमसभाको तयारी अन्तिम चरणमा  

बैतडी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शुक्रवार बैतडी आउने कार्यक्रम रहेको छ । उहाँले जिल्लाको पाटनमा आयोजना हुने चुनावी विशाल आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा(एमाले) बैतडीले जनाएको छ । 

नेकपा(एमाले) बैतडीको आयोजनामा पाटनमा दिउँसो १२ बजे विशाल चुनावी आमसभा हुने एमाले बैतडीका प्रचार तथा प्रकाशन विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताउनुभयो । 

बैतडीबाट प्रतिनिधिसभामा पूर्व अर्थराज्य मन्त्री समेत रहेका दामोदर भण्डारी प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका छन् । यसैगरी प्रदेशसभा सदस्यका लागि क्षेत्र (क)बाट पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र पाल तथा (ख)बाट पार्टी केन्द्रीय सदस्य लिलाधर भट्ट उम्मेदवार रहेका छन् । यसैगरी एमाले बैतडीबाट समानुपातिक तर्फ प्रदेशसभामा जानकी ऐर बम र भरत मडै उम्मेदवार रहेका छन् । 

पाटनमा आयोजना हुने विशाल आमसभाका लागि सबै तयारीहरू पुरा भइसकेको एमाले दशरथचन्द नगर कमिटी अध्यक्ष अजव पाण्डेले बताउनुभयो । आमसभामा कम्तीमा १५हजार जनताको सहभागिता रहने उहाँले बताउनुभयो । 

बैतडीमा नेकपा एमालेको जीत सुनिश्चित रहेको नेताहरूको दाबी छ । गठबन्धनका उम्मेदवार भन्दा एमाले उम्मेदवार लोकप्रिय रहेकाले जीत सुनिश्चित रहेको नेता पाण्डेको दाबी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button