तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन जनताका लागि: नेता सिटौला

झापा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन कसैलाई सांसद–मन्त्री बनाउन नभई जनताका लागि आएको बताउनुभएको छ ।

झापाको भद्रपुरमा आज आयोजित कार्यक्रममा नेता सिटौलाले निर्वाचन जनताको अधिकार र असल जनसेवक छनोटका लागि आएको बताउनुभयो । निर्वाचन जनतालाई अझ शक्तिशाली बनाउने अवसर भएको उहाँको भनाइ छ ।

file photo

उहाँले लोकतन्त्रको लडाइँ जारी रहेको उल्लेख गर्दै सङ्घीय गणतन्त्र सुदृढ बनाउने अभियानमा आफू लागिपरेको बताउनुभयो । “जनजीविकालाई सहज बनाउने अभियान चलाइरहेको छु”, उहाँले भन्नुभयो, “स्थानीय र केन्द्रीय आवश्यकताअनुसार मेरो भूमिका हुन्छ ।”

जनतालाई खुसी, समृद्धि लगायतका शब्दले नपुग्ने बताउँदै उहाँले जनतालाई वास्तविक खुसी र समृद्धि दिनुपर्नेमा जोड दिनुभयो । गठबन्धन निर्वाचनका लागि मात्र नभएको चर्चा गर्दै नेता सिटौलाले राष्ट्रिय आवश्यकताका लागि, मुलुक निर्माणका लागि भएको उल्लेख गर्नुभयो ।

गत स्थानीय तह निर्वाचन निष्पक्ष र धाँधलीरहित सम्पन्न भए जसरी नै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचन सरकारले सम्पन्न गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button