तपाईँ सुन्दै हुनुहुन्छः

शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

सत्यमोहन जोशी । फाइल तस्वीर

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ ।

किष्ट अस्पतालमा १८ दिनदेखि उपचाररत एक सय तीन वर्षीय जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको अस्पतालले जनाएको छ । 

अस्पतालले आज विज्ञप्ति जारी गरी जोशीलाई पहिल्यैदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाए पनि सुधार नभएको जनाएको छ । लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरु गरिएको थियो । 

परीक्षण गर्दा डेङ्गु सङ्क्रमण, छातीमा निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कम भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको अस्पतालले जनाएको छ ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button