तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका ६ जिल्ला कोरोना सङ्क्रमणमुक्त

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा कोरोना सङ्क्रमणको दरमा व्यापक कमी आएको छ । अहिले मधेश प्रदेशका दुई जिल्लामा ३ जना कोरोनाका सक्रिय संक्रमित रहेको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

अहिले प्रदेशको धनुषामा १ जना तथा महोत्तरी जिल्लामा २ जना सक्रिय संक्रमित रहेका मधेश प्रदेशका स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणबाट प्रदेशका ८ जिल्लामध्ये ६ जिल्ला सङ्क्रमणमुक्त भएको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कुनै बेला मधेश प्रदेश कोरोनाका दृष्टिकोणले उच्च जोखिममा रहे पनि अहिले निकै सुरक्षित बनेको अनुभूति सर्वसाधारणले गर्न थालेका छन् ।

प्रदेश सरकारले कोरोनाको परीक्षणका लागि प्रदेशको ८ वटै जिल्लामा स्वाब परीक्षण गर्न प्रयोगशालाको स्थापना गरेर निःशुल्क परीक्षणको व्यवस्थापन गरेपछि यसको प्रभावकारी नियन्त्रण भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button