तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर महानगरपालिकामा संयुक्त बजार अनुगमन

चितवन । चाडपर्व नजिकिँदै गर्दा भरतपुर महानगरपालिकाले संयुक्त बजार अनुगमन थालेको छ । उपभोक्ताहरूको हितलाई ध्यानमा राखी नारायणगढ क्षेत्र र भरतपुरको बसपार्क क्षेत्रमा अनुगमन गरिएको छ ।

महानगरको नियमित कार्यक्रम अनुसार नै बजार अनुगमन गरिएको महानगरका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले जानकारी दिनुभयो । ‘हामीले दैनिक नियमित कार्यतालिका अनुसार बजार अनुगमन गरेका छौँ’, कार्यवाहक नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘एक पटकलाई सजग गराएर सुध्रिने मौका दिएका छौँ अर्को पटक आउँदा फेरि पनि यस्तै गल्ती दोहोरिएको पाइए प्रचलित कानुन बमोजिम कडा कारबाही हुन्छ ।’

भरतपुर ९ केन्द्रिय बसपार्कमा रहेको न्यू सन्तोष हेयर कटिङ शैलुन, ज्योति कस्मेटिक एण्ड गिफ्ट सेन्टर, सिजन जनरल स्टोर्स, रचना किराना पसल, आर्जन स्टोर्स, बन्धु भेट फर्मा, विके फेन्सी एण्ड कस्मेटिक, सङ्कल्प फेसन कलेक्सन, एसके फेसन कलेक्सन, पशुपति दूध डेरी, रश्मी मासु पसल, लक्ष्मी प्रोभिजनल, गुरुङ मासु पसल, रोशनी फ्रेस हाउस र अपार कास्की स्टोर्स एण्ड दूध डेरी पसलको अनुगमन गरिएको छ । 

अनुगमनका क्रममा दर्ता नवीकरण, विल विजक अद्यावधिक र सरसफाईमा ध्यान दिन व्यवसायीलाई सचेत गराइएको छ । यस्तै म्याद गुज्रेका सामान नष्ट र सम्बन्धित कम्पनीलाई फिर्ता गर्न निर्देशन दिइएको भरतपुर महानगर उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाई प्रमुख थानेश्वर सापकोटाले जानकारी दिनुभयो । उहाँले दुई दिनको अनुगमनका क्रममा गत वर्ष भन्दा सुधार गरेको पाइएको बताउनुभयो । 

‘अधिकांश पसलले मूल्य सूचि राखेको पाइयो, सरसफाइको क्षेत्रमा पनि तुलनात्मक रुपमा सुधार भएको छ’, उहाँले भन्नुभयो । गतबर्ष माछा मासु र खाद्य पदार्थ नष्ट नै गर्नुपरेको भन्दै उहाँले यस बर्ष त्यति धेरै समस्या नभेटिएको बताउनुभयो ।

अनुगमनका क्रममा मासुमा अखाद्य रङ्ग, आलु प्याजका बोरामा तौल कम, समयावधि सकिएको चामलका बोरामा, बिनादर्ता पसलहरू सञ्चालन, तिलको तेलमा मिसावट, बेकरी घिउमा अखाद्य वस्तु मिसाइएको भेटिएको थियो ।

अनुगमन टोलीले भरतपुर–२ बालकुमारी सब्जी मन्डीमा मुखिया मिट सप्लायर्स, राजकपुर श्रेष्ठको माछा पसल र नेपाल मिट सप्लायर्समा अनुगमन गरेको हो । यस्तै, भरतपुर–३ को आलु मन्डीमा पनि टोलीले विभिन्न पसलहरूमा अनुगमन तथा निरीक्षण गरेको थियो । साइराम सब्जी भण्डार, जगदम्बा आलु स्टोर्स, राजलक्ष्मी आलु स्टोर्स र न्यू पशुपति भन्डार र भरतपुर–३ आनन्द मार्गमा रहेको मञ्जुश्री ट्रेडर्समा पनि अनुगमन गरिएको छ ।

भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बजार अनुगमनलाई थप कडाइका साथ प्रभावकारी बनाएर लैजानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब महानगर एक्सनमा जान्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button