सोलुखुम्बुबाट नवौँ राष्ट्रिय खेलकुदका लागि १९४ खेलाडी छानिए
सोलुखुम्बु । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सोलुखुम्बुमा खेलाडी छनोट कार्य सकिएको छ ।
प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी बन्ने गरी जिल्लाबाट विभिन्न १२ विधामा १९४ जना खेलाडी छनौट भएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष राधिका श्रेष्ठले जानकारी दिनुभयो ।
भलिबल, चेस, फुटबल, कबड्डी, टेबल टेनिस, एथ्लेटिक्स, ब्याडमिन्टन, जुडो, आर्चरी, तेक्वान्दो, क्यूकोशियन कराते खेलमा महिला र पुरुष खेलाडी छनोट गरिएको हो ।
छनोट प्रतियोगिता मध्ये पुरुष फुटबल र तेक्वान्दो नेचासल्यान गाउँपालिकामा र बाँकी खेलहरू सदरमुकाम सल्लेरीमा सम्पन्न भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्